नियम १२
उपसमिति गठन गर्न सक्ने

१२. उपसमिति गठन गर्न सक्ने

(१) समितिले आफ्नो कार्य संचालन गर्नको लागि आवश्यकतानुसार उपसमितिहरू गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन भएका उपसमितिहरूको काम, कर्तव्य र अधिकार तथा कार्यविधि समितिले तोकिदिए बमोजिम हुनेछ ।